तनहुँ । तनहुँ १ मा उपनिर्वाचनका लागि नेपाली कांग्रेसका गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् ।
भट्टराईको प्रस्तावकमा श्यामकुमार मौराती र समर्थकमा सरिता गुरुङ छन् ।
यहाँ नेकपा एमालेबाट सर्वेन्द्र खनालले मनोनयन दर्ता गराइसकेका छन् भने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्लेले पनि मनोनयन दर्ता गराउने तयारीमा छन् ।
आगामी वैशाख १० मा हुने उपनिर्वाचनका लागि तनहुँ १ मा सत्तारूढ गठबन्धन, एमाले र रास्वापबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।
Leave a Reply