काठमाडौं। नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारका विभिन्न सरोकारवाला संस्थाका प्रतिनिधिसँग भेटवार्ता गरेका छन् ।
तरलता अभाव र चर्को ब्याजका कारण सेयर बजार निरन्तर घटिरहेको बेला लगानीकर्ताको मनोबल उकास्न अर्थमन्त्री महतले सोमबार उनीहरुसँग भेट गरेका हुन्।
भेटमामा पुँजीबजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलसँगै ब्रोकर संघ, मर्चेन्ट बैंकर तथा अरु लगानीकर्ताको सहभागिता थियो ।
सेयर बजारका प्रतिनिधिहरुले महतलाई विद्यमान समस्या अवगत गराउँदै सेयर बजार सुधारका लागि आवश्यक अल्पकालीन र दीर्घकालीन सुझाव दिएका छन् ।
वार्तामा अर्थमन्त्री महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै तत्कालका लागि मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता समेत जनाएका छन्।
हालसालै अर्थमन्त्री महतले नेपाल उद्योग वाणिज्य महासंघ लगायतको टोलीसँग छलफल छलफल तथा भेटवार्ता गरेका थिए ।
Leave a Reply