Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने – प्रहरी शासक हैन सेवक हो, सेवामा दत्तचित्त भएर लाग्नुस्

    गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने – प्रहरी शासक हैन सेवक हो, सेवामा दत्तचित्त भएर लाग्नुस्

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 714
    SHARES

    काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।

    प्रहरी प्रधान कार्यालयमा आयोजित समारोहमा बोल्दै गृहमन्त्री श्रेष्ठले कुनै राजनीतिक हस्तक्षेपबिना संगठनले कार्यकुशलता हेरेर जिम्मेवारी हेरफेर गर्ने बताएका हुन् ।



    प्रहरी अधिकृतहरूलाई आफ्नो सरुवा र बढुवाका लागी चाकडी नगर्न मन्त्री श्रेष्ठले निर्देशन दिए ।



    प्रहरी कर्मचारीहरूलाई उनले भने–‘सरुवा र बढुवामा हस्तक्षेप गर्न दिइने छैन । प्रहरी शासक हैन सेवक हो । जनमुखी र जनमैत्री सेवामा दत्तचित्त भएर लाग्नुस्, चाकडीमा नलाग्नुस् ।’

    देशभरका प्रहरी कार्यालयमा गरिब, विपन्न, महिला र सीमान्तकृतलाई सेवा प्रवाहमा प्राथमिकता दिन श्रेष्ठले निर्देशन दिए ।

    गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम, अपराध नियन्त्रण, राजस्व चुहावट नियन्त्रणलगायत क्षेत्रमा काम गर्न निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार