काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रतिनिधिसभाको प्रमुख सचेतक मेटमणि चौधरीलाई बनाएको छ।
चौधरीलाई पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता माधव नेपालले प्रमुख सचेतक नियुक्त गरेको हो ।
यसअघि शहरी विकास मन्त्री बनेका चौधरी नेकपा एसका पोलिटब्युरो सदस्यसमेत हुन् ।
यसअघि प्रमुख सचेतकको जिम्मेवारीमा रहेका सांसद प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेपछि चौधरीलाई उक्त जिम्मेवारी दिइएको हो ।
Leave a Reply