काठमाडौं । मन्त्रिपरिषद् बैठक बस्न लागेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले मन्त्रिपरिषद् पुनर्गठनपछि आज पहिलो पटक बैठक बस्न लागेको हो।
बैठक अपरान्ह ४ बजे सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम र सरकारका काम कारबाहीका बारेमा छलफल हुने बताइएको छ ।