Online Nepal
  • बिहिबार, ६ मंसिर २०८१
  • सञ्चारमन्त्री शर्माले भनिन् – सरकारी सञ्चार माध्यम भजनमण्डली बन्नु हुँदैन

    सञ्चारमन्त्री शर्माले भनिन् – सरकारी सञ्चार माध्यम भजनमण्डली बन्नु हुँदैन

    अनलाइन नेपाल
  • सोमबार, २० चैत्र २०७९
  • 717
    SHARES

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चार माध्यमहरू भजनमण्डली बन्न नहुने बताएकी छन् ।

    रेडियो नेपालको ७३औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् । मन्त्री शर्माले कुनै पनि सञ्चार माध्यमहरू भजनमण्डली बन्नु नहुने बताइन् ।



    सरकारले आमसञ्चार ऐन र मिडिया काउन्सिल ऐन पनि संसदमा प्रस्तुत गर्ने तयारी गरिरहेको मन्त्री शर्माले बताइन् ।



    मन्त्री शर्माले जनतालाई सुसूचित बनाउने, जनतामाझ प्रभावकारी काम गर्ने वातावरण सिर्जना गर्ने कार्यक्रमहरू सञ्चार माध्यमहरुले प्रसारण एवं प्रकाशन गर्न जरुरी रहेको बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार