Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा माओवादी र नेकपा एसले उम्मेदवार नउठाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले उपनिर्वाचन हुने तीनवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार नउठाउने भएको छ ।

सत्ताको नेतृत्व गरिरहेको माओवादीले तनहुँ १ मा दाबी गरे पनि सत्तारुढ अर्को कांग्रेस नमानेपछि पार्टीको आधिकारिक उम्मेदवार नउठाई मतदाता मात्रै बन्ने भएको हो ।

पार्टीले उम्मेदवार नउठाउने भएपछि चितवन २ मा माओवादीले कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठ र तनहुँ १ मा सत्ता साझेदार दल कांग्रेसका गोविन्द भट्टराईलाई सघाउने भएको छ ।

बारा २ मा भने जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सघाउने भएको छ ।

त्यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीले पनि उपनिर्वाचनमा पार्टीको उम्मेदवार नउठाउने भएको छ ।

उक्त पार्टीले तनहुँ १ र चितवन २ मा कांग्रेसका उम्मेदवारलाई सघाउने भएको छ भने बारामा जसपा उम्मेदवारलाई सघाउने भएको हो ।

वैशाख १० मा तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077