काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले तीनवटै उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।
सत्ता गठबन्धनमा रहेको सो पार्टीले अन्य कुनै दललाई पनि समर्थन नदिने जनाउँदै तीनवटै निर्वाचन क्षेत्रमा आज उम्मेदवारी दर्ता गराउने निर्णय गरेको हो ।
नेता लक्ष्मण थारुका अनुसार पार्टीले बारा–२ मा रामचन्द्र चौधरी, चितवन–२ मा राजेश अधिकारी र तनहुँ– १ बाट भीम सुनारलाई उम्मेदवार बनाएको छ ।
आज तीन निर्वाचन क्षेत्रमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । चितवन–२, तनहुँ–१ र बारा–२ मा वैशाख १० गते उपचुनाव हुँदैछ ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनय दर्ता गर्न सकिने जानकारी दिएका छन् ।