Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाबुराम भट्टराई भन्छन् - उपचुनाव केही नेतालाई सत्तामा पुर्‍याउने भर्‍याङ बन्दैछ, रोकौं !

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले नेपालमा चुनाव र उपचुनाव नेताहरूलाई जसरी पनि सत्तामा पुर्‍याउने भर्‍याङ बनेको टिप्पणी गरेका छन् । सोमबार बिहान ट्वीट गर्दै अध्यक्ष भट्टराईले चुनाव केही वर्ष र महिनामा अमूक पार्टी र नेतालाई सत्तामा पुर्‍याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड नभएको बताएका हुन् । उनले उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्‍याउनबाट रोक्न आग्रह गरे । उनले ट्वीट गर्दै लेखेका छन्, ‘चुनाव केही बर्ष/महिनामा अमूक पार्टी/नेतालाई सत्तामा पुर्याउने र राज्यदोहनको लाइसेन्स दिने कर्मकाण्ड हैन ! यो जनताद्वारा जनताकोनिम्ति जनताको सार्वभौमसत्ताको अभ्यासगर्ने पवित्र विधि/अवसर हो । हाम्रो लोकतन्त्रमा चुनाव/उपचुनाव केही नेतालाई जसरी पनि सत्तामा पुर्याउने भर्यांग बन्दैछ ! रोकौं !’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077