Online Nepal
  • सोमबार, २८ असोज २०८१
  • सीता एयर यात्रुलाई नेपालगन्ज लिएर अलपत्र पारेपछि…

    सीता एयर यात्रुलाई नेपालगन्ज लिएर अलपत्र पारेपछि…

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 864
    SHARES

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सीता एयरले दाङबाट काठमाडौं ल्याउनुपर्ने यात्रुलाई नेपालगन्ज पुर्‍याएकोबारे छानबिन गर्ने भएको छ ।

    सीता एयरले गएको १५ गते दाङबाट काठमाण्डौ आउने यात्रुलाई नेपालगञ्ज पुर्‍याएको थियो । काठमाडौंका लागि टिकट काटेका १४ जना यात्रुलाई नेपालगञ्ज पुर्‍याएर आफू अरू क्षेत्रको उडानमा लागेको देखिएपछि छानबिन सुरु गरेको क्यानका प्रवक्ता जगनाथ निरौलाले जानकारी दिए ।



    ‘सीता एयर प्रा.लि.ले मिति २०७९/१२/१५ मा दाङबाट काठमाडौं आउने यात्रु लिई नेपालगन्ज गएको र त्यहाँ अलपत्र पारी अन्य सेक्टरमा उडान गर्न गएको विषयमा यस प्राधिकरणको गम्भीर ध्यानाकर्षण भई सो सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइएको छ,’ प्राधिकरणले भनेको छ ।



    नेपालगञ्ज पुर्‍याएका यात्रुलाई सीता एयरले अरू एयरलाइन्सका जहाजमार्फत त्यही दिन काठमाडौं पठाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार