Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कारवाही फुकुवा गर्ने कांग्रेसको निर्णय गोविन्दराजद्वारा खारेज, भन्छन् – भ्रम छर्ने काम गरियो

    कारवाही फुकुवा गर्ने कांग्रेसको निर्णय गोविन्दराजद्वारा खारेज, भन्छन् – भ्रम छर्ने काम गरियो

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 2.1K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले आफूमाथिको कारबाही फुकवालाई खारेज गरेका छन् । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले आइतबार गरेको निर्णयलाई उनले हरहालतमा मान्न तयार नभएको बताएका हुन् ।

    काँग्रेसको निर्णयलगत्तै प्रतिक्रिया दिएका उनले कारबाही फुकुवाको नाममा जनमतलाई दिग्भ्रमित पार्न खोजेको आरोप लगाएका छन् ।



    ‘१० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारबाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो यो सरासर गलत हो,’ उनले भनेका छन्, ‘यसप्रति मेरो घोर आपत्ति छ। यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु ।’



    उनले सामाजिक सञ्जालमा लेखेका छन् ”वर्षौँदेखि नेपाली कांग्रेसको राजनितिमा लागेर पार्टीको लागि आफ्नो सम्पूर्ण जिवन अर्पण गरेको सजाय म र मेरो परिवारले वर्षौँदेखि भोग्दै आएको कुरा सबैमा जगजाहेरै छ। विगतका वर्षमा मैले जे जति भोगेको छु त्यसको श्रेय नेपाली काङ्ग्रेसलाई सक्काउन लागि परेका केही राजनितिज्ञहरुलाई जान्छ। १० औँ हजार कार्यकर्ताको मतलाई वेवास्ता गर्दै चुनावको मुखमा मलाई नेपाली कांग्रेसबाट कारवाही फुकुवा गरिएको भन्ने जुन भ्रम छर्ने काम गरियो,यो सरासर गलत हो । यसप्रति मेरो घोर आपत्ति छ ।

    यो समस्या समाधानका निम्ति पटकपटक वार्ता टोली गठन गरि वार्ताको प्रयास गर्दा पनि पार्टीले वेवास्ता गरेको कुरा सम्पूर्ण जनतालाई जानकारी गराउन चाहन्छु। सम्पूर्ण प्रयासका बाबजुद पनि वार्ताको वातावरण समेत नबनाउने, पार्टिमा सैदान्तिक बिचलन ल्याउनेहरु बाट यसरी जनतालाई दिग्भ्रमित गर्ने गरिएको निर्णयको जति आलोचना गर्दा पनि कम हुन्छ।

    नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छे सँग कुनै किसिमको सल्लाह नगरी एकलौटी रुपमा गरेको यस निर्णयलाई म हरहालतमा मान्न तयार छैन। चुनावको मुखमा मञ्चन गरिएको चुनावि रणनीतिबाट दिग्भ्रमित नहुन तथा यस्तो अफवाहबाट बिचलित नहुन म मेरा सम्पूर्ण जनतालाई आग्रह गर्दछु। म र नेपाली कांग्रेस पार्टीलाई नै सक्काउने उद्देश्यले गरिएको उक्त निर्णयको खण्डन गर्दै सोका प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार