काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक बनाउने अभिभारा एमालेको काँधमा रहेको बताएका छन् ।
आइतबार काठमाडौंमा पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघमा सुरु भएको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
ओलीले जनतालाई सचेत बनाउँदै एमालेको सम्पूर्ण शक्ति सबल राष्ट्रिय शक्ति बनाउन केन्द्रित भइरहेको बताए ।
उनले आफूहरु सबल व्यापक राष्ट्रिय शक्ति निर्माणको लागि लागिपरिरहेको बताउँदै पार्टीले त्यही उद्देश्यअनुसार मिसन ग्रासरुट चलाएको पनि स्पष्ट पारे ।
एमालेले चलाएको अभियान पार्टी जनतासम्म पुग्नका लागि भएको भन्दै जनता र कार्यकर्तामा सही विचार पुर्याउन जरुरी रहेको ओलीको भनाइ छ ।