Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

म चोर बाटो होइन मूलबाटोबाटै आएको हुँ : उपेन्द्र यादव

बारा । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफू मूलबाटोबाटै निर्वाचन लड्न लागेको बताएका छन् ।

बारा २ मा गठबन्धनका तर्फबाट बारा निर्वाचन क्षेत्र नम्बर– २ मा उम्मेदवारी दिने तयारीमा रहेका यादवले यस्तो बताएका हुन् ।

अध्यक्ष यादवले भने, ‘गठबन्धनमा आबद्ध नेता कार्यकर्ता सबै आ-आफ्नो तयारीमा लागिसक्नुभएको छ । म चोर बाटो होइन, नेपालको नागरिकलाई बाहिरिया भन्न पाइँदैन । झन्डा उठाएर अघि बढेका छौ । हामी मूलबाटोबाटै आइरहेका छौ ।’

अध्यक्ष यादवले वातावरण अत्यन्त उत्साह वर्द्धक र राम्रो रहेकाले आफूले जित्ने निश्चित रहेको बताए ।

अध्यक्ष यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतले चोर बाटोबाट आएको भनेर लगाएको आरोपको यादवले प्रतिवाद गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077