Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • कांग्रेस कार्यसम्पादन बैठक

    पूर्वमन्त्री जोशी र कोइरालाको कारबाही फुकुवा

    पूर्वमन्त्री जोशी र कोइरालाको कारबाही फुकुवा

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 573
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशी, विकास कोइरालालगायत नेताको कारबाही फुकुवा गरेको छ ।

    कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा २०७९ भन्दा पहिले नेताहरुमाथि गरिएको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो ।



    जोशी र कोइरालाले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिँदा गरिएको कारबाही फुकुवा गरिएको सहमहामन्त्री बद्री पाण्डेले बताए ।



    पूर्वमन्त्री जोशी गत निर्वाचनमा रामचन्द्र पौडेलविरुद्व बागी उम्मेदवारी दिएपछि कारबाहीमा परेका थिए ।  पूर्वमन्त्री जोशीले मंसिर ४ गतेको निर्वाचनमा तनहुँ १ मा स्वतन्त्र उम्मेदवार बनेका थिए ।

    यस्तै, तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध चितवन क्षेत्र नम्बर ४ मा दोस्रो संविधानसभा विकासले बागी उम्मेदवारी दिएका थिए।

    सभापतिविरुद्ध बागी बनेपछि कांग्रेसले २०७० कात्तिक २ गते क्रियाशील सदस्यता खारेज गर्दै उनलाई कारबाही गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार