काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितलाई माग सम्बोधन हुने आश्वासनसहित बिदाइ गरेका छन् ।
अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले सरकारले सहमति जनाइसकेको अवस्थामा समस्या समाधान हुने बताए ।
उनले मिटरब्याजपीडितहरूसँग सरकारसँग गरेको सम्झौता कार्यान्वयन हुनेमा विश्वस्त भएर फर्किन लागेको बताए ।
तराईका विभिन्न जिल्लाबाट ११ दिन हिँडेर काठमाडौं आएका मिटरब्याज पीडितहरू समस्या समाधान गर्न सरकारसँग सहमति भएपछि गृहजिल्ला फर्कने तयारीमा छन् ।
घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु बसेकै ठाउँमा स्थान पुगी परीक्षण गरेको थियो ।
Leave a Reply