काठमाडौं । सशस्त्र द्वन्द्वको क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई भेटेका छन् ।
उनीहरूले आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्रीलाई भेटेका हुन् ।
सशस्त्र द्वन्द्वका क्रममा ज्यान गुमाउने विद्रोह पक्ष र राज्यपक्षका सबैलाई समान व्यवहार गरी सहिद घोषणा गरेकोमा उनीहरूले प्रधानमन्त्रीलाई धन्यवाद दिएका छन् ।
भेटको क्रममा प्रधानमन्त्री प्रचण्डले देशको राजनीतिक, सामाजिक रूपान्तरणको आन्दोलनका क्रममा ज्यान गुमाउने सबैप्रति आफ्नो समान सद्भाव भएको बताउँदै शान्ति सम्झौताको मर्मअनुसार पीडितका मुद्दा सम्बोधन गर्ने बताए ।
Leave a Reply