Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जसपाकी सांसद अन्सारीले लिइन् सांसदको शपथ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)की मञ्जु शर्मा अन्सारीले आज प्रतिनिधि सभा सदस्य पदको शपथग्रहण गरेकी छन् ।

समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित शहनाज रहमानको निधन भएपछि रिक्त रहेको स्थानमा शर्मा सांसद बनेकी हुन् ।

गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त भएको हो।

उनलाई सभामुख देवराज घिमिरेले सिंहदरबारस्थित कानुन समितिको हलमा शपथ ग्रहण गराएका छन् ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत जसपाबाट बन्दसूचीको क्रमसंख्या २ मा शर्माको नाम थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077