Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य भएको बताएका छन् । आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

उनले राजनीतिक स्थायित्व भएमात्र विकास र समृद्धि हुने बताए । उनले देश किन बनेन भनेर चिन्ता गर्नेहरु राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि बढ्नुपर्नेसमेत बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् ''बलियो राष्ट्रिय शक्ति निर्माणको संकल्प पुरागर्न तनहुं-१,चितवन-२ र वारा-२ मा सूर्य ध्वजावाहक उम्मेद्वारलाई विजयी बनाउने अभियानमा जुटौ । विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व र राजनीतिक स्थायित्वका लागि बलियो राष्ट्रिय शक्ति अपरिहार्य छ । देश किन बनेन भनेर चिन्ता गर्नेहरु सबै राष्ट्रिय शक्ति निर्माणको दिशामा अघि वढौं ।''

आगामी वैशाख १० गते तीन क्षेत्रमा उपनिर्वाचनमा हुँदैछ । एमालेले तनहुँ–१ मा सर्वेन्द्र खनाल र चितवन २ मा रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । बारा–२ मा उम्मेदवार तोक्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077