Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इजरायलमा विवादास्पद कानूनको विरूद्धमा १ लाख ५० हजार नागरिक सडकमा

एजेन्सी । सरकारले ल्याउन लागेको विवादास्पद कानूनको विरुद्धमा इजरायलमा लाखौं नागरिक प्रदर्शनमा उत्रिएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले न्यायपालिका सम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुदेखि नै इजरायलमा विरोध भइरहेको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पछिल्ला दिनका आन्दोलनमा १ लाख ५० हजार भन्दा बढी नागरिक सहभागी रहेको बताएका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले न्यायपालिकासम्बन्धी कानून परिमार्जन गर्न खोजेपछि यो वर्षको सुरुवात देखि इजरायलमा अशान्त रहेकोमा १३ औँ साता प्रदर्शनकारीहरू निरन्तर सडकमा छन् ।

प्रदर्शनको विपक्षी दल र अभियन्ताहरूले नेतृत्व गरिरहेका छन् । प्रदर्शनकै क्रममा १९ जनालाई प्रहरीले पक्राउ गरेको छ । भ्रष्टाचारको आरोप लागेका प्रधानमन्त्री नेतान्याहुले न्यायपालिका कमजोर हुने गरी कानुनी संशोधनको तयारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077