Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रूसद्वारा राष्ट्रसंघको सुरक्षा परिषदको अध्यक्षता ग्रहण, युक्रेनले दियो कडा प्रतिक्रिया

एजेन्सी । रुसले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेको छ । युक्रेनले अन्य सदस्य मुलुकहरुलाई रुसको विरोध गर्न आग्रह गरे पनि रुसले गत शनिबारबाट सुरक्षा परिषदको अध्यक्षता ग्रहण गरेको हो ।

सुरक्षा परिषदका १५ सदस्यले पालै पालो एक/एक महिनाको लागि अध्यक्षता लिने प्रचलन अनुसार रुस स्वतः परिषदको अध्यक्ष बनेको हो ।

यसअघि फेब्रुअरी २०२२ मा अध्यक्ष ग्रहण गरेकै समयमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । रुसले सुरक्षा परिषदको नेतृृत्व गरेको विषयलाई युक्रेनले भने अहिलेसम्मकै हास्यास्पद प्रहसन भन्दै कटाक्ष गरेको छ । युक्रेनले सदस्य राष्ट्रहरुलाई रुसलाई अध्यक्षता नदिन आग्रह गरे पनि त्यो सफल भएन ।

यसबारे युक्रेनले कडा प्रतिक्रिया दिएको छ। युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुस राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्ष बन्नु अन्तर्राष्ट्रिय समुदायको अनुहारमा गतिलो झापड भएको उनले बताएका छन्।

उनले भने, 'म सुरक्षा परिषद्का वर्तमान सदस्यहरूलाई रुसले राष्ट्रपति पदको दुरुपयोग गर्ने कुनै पनि प्रयासलाई अनुमति नदिन आग्रह गर्दछु। यो पदमा रूस हुनु गैरकानुनी हो ।' अमेरिकासहित बेलायत, फ्रान्स, रुस र चीन सुरक्षा परिषद्का स्थायी सदस्य मुलुक हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077