Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

पोल्यान्डबाट सय वटा बख्तरबन्द गाडी युक्रेन पठाउने तयारी

एजेन्सी । पोल्याण्डमा निर्माण भएका १०० वटा रोसोमाक बहुउद्देश्यीय बख्तरबन्द सवारी साधन युक्रेन पठाइने भएको छ ।

युक्रेनले बख्तरबन्दअर्डर गरेको पोल्याण्डका प्रधानमन्त्रीले शनिबार बताएका हुन् ।

'युक्रेनी प्रधानमन्त्री डेनिस श्मिहालले १०० रोसोमाकका लागि हिजो दिएको आदेश अनुसार ती बख्तरबन्द सवारी साधन छिट्टै युक्रेन पठाउने तयारी गर्न मैले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको छु,' माटेउस्ज मोराविकीले दक्षिणी पोलिश शहर सिमियानोविस स्लास्कीमा रोसोमाक उत्पादन स्थलको भ्रमणको क्रममा भने ।

पोल्याण्डले युरोपेली संघबाट प्राप्त गरेको रकम र युक्रेनले प्राप्त गरेको अमेरिकी कोषमार्फत यो आदेशलाई आर्थिक सहयोग गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077