Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • रक्षामन्त्री खड्काले भने – उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ

    रक्षामन्त्री खड्काले भने – उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ

    १९ मन्त्रालय छान्ने जिम्मा दिएपछि रक्षा रोजेको हुँ

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 618
    SHARES

    काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आफूले कहिल्यै पनि उपप्रधान वा प्रधानमन्त्री बन्दिनँ नभनेको बताएका छन् ।

    शनिबार ललितपुरको बाँडेगाउँस्थित किसुनजी आश्रय पुगेका रक्षामन्त्री खड्काले यस्तो बताएका हुन् ।



    कांग्रेस उपसभापति समेत रहेका खड्काले यस अघि एउटा कार्यक्रममा बोल्दैअब मन्त्री नबन्ने घोषण गरेका थिए ।



    रक्षामन्त्री खड्काले भने, ‘म धेरैचोटि मुलुकको मन्त्री भइसकेँ । यत्रो धेरै मन्त्रालयको मन्त्री भइसकेँ । मैले उपप्रधानमन्त्री बन्दिनँ कहिले भनेको थिएँ ? मैले मन्त्री बन्दिनँ भन्या हो । अहिले पनि उपप्रधानबिनाको प्लेन मन्त्री भएको भए म हुन्थिनँ ।’

    रक्षामन्त्री खड्काले धेरै पटक मन्त्री भइसकेकाले त्यसभन्दा माथिल्लो जिम्मेवारी पाए मात्र लिने भनेर भनेको स्पष्ट पारे ।

    यस्तै, रक्षामन्त्री खडकाले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले १९ वटा मन्त्रालयमध्येबाट कुन लिने भनेर रोज्न लगाएको सन्दर्भ बताए।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार