Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

    सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शनिबार, १८ चैत्र २०७९
  • 507
    SHARES

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रको विकासका निम्ति खेल क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् ।

    आज बिहान राष्ट्रिय खेलकुद परिषदले आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद २०७९ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले नेपाललाई विश्वकै ‘स्पोर्टर्स् हब’का रुपमा विकास गर्न सकिने बताए।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘पछिल्लोसमय मैले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएको छु। खेल क्षेत्रसँग सम्बन्धित विषयहरु सहभागी हुने जुन महत्व मैले यस क्षेत्रलाई दिएको छु। खेल क्षेत्रमा नेपाललाई विश्वकै हव बनाउन सकिन्छ भन्ने ठानेर नै दिएको हुँ।’

    प्रधानमन्त्री प्रचण्डले प्रत्येक विद्यालय र प्रत्येक टोलमा खेल इकाई र खेल मैदान बनाउनुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार