काठमाडौं । महिलाको चरित्र हत्या गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । उनीहरुलाई केन्द्रीय साइबर ब्यूराको टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा जुम्लाको गुठिचौर गाउँपालिका–४ थामीगाउँ खल्लाबाडा घर भइ काठमाडौं नेपालटार बस्ने भएकी १९ वर्षीया देवकी न्यौपाने र पाँचथरको तुम्मेवा गाउँपालिका–३ घर भइ काठमाडौं कोटेश्वर बस्ने ३५ वर्षीया मुना त्रिताल र गोरखाको गण्डकी गाउँपालिका–१ घर भइ काठमाडौं बुढानिलकण्ठ–१० आकाशेधारा बस्ने ३९ वर्षीया उर्मिला घिमिरे छन् ।
पक्राउ परेकी न्यौपानेले एक महिलाको पूर्वप्रेमीसँग भएका गोप्य भिडिओ तथा फोटाहरु हुनेवाला श्रीमानलाई पठाएको पाइएपछि पक्राउ गरिएको साइबर ब्यूरोले जनाएको छ । त्रितालले भने अर्की एक महिलाको फोटो इटिड गरेर अश्लिल बनाउँदै सामाजिक सञ्जालमा राखिदिएकी थिइन् ।
घिमिरेले भने फेक अकाउन्ट खोलेर अश्लिल संवाद गर्ने र ती संवादहरु टिकटकमा राख्ने गरेको अनुसन्धानबाट खुलेको साइबर ब्यूरोले जनाएको छ । उनीहरुमाथि विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ ।
Leave a Reply