काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल र लाओसबीचको फाइनल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।
नेपालले थ्री नेसन्स कपको उपाधिका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लाओससँग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो खेलमा लाओसलाई २–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो।
लाओसले भने भुटानलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर तथा दोस्रोले ३ हजार डलर पाउनेछ ।
Leave a Reply