Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्री बने लगत्तै श्रीमानलाई भेट्न जेल पुगिन् रञ्जिता

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ शपथ लिएलगत्तै आफ्ना श्रीमान रेशमलाल चौधरीलाई भेट्न डिल्लीबजारस्थित कारागार पुगेकी छन् ।

राष्ट्रपति कार्यालय शीतनिवासमा शपथ लिएपछि सिधै मन्त्रालय पुगेर कार्यभार सम्हाल्नु अघि नै नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन् ।

करिब आधा घण्टा कुराकानी गरेर मन्त्री श्रेष्ठ मन्त्रालयतर्फ लागेकी हुन् ।

टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका चौधरी डिल्लिबजार कारागारमा छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले चौधरीलाई छाड्न सरकारसँग दबाब दिँदै आएकी छन् ।

मन्त्री श्रेष्ठले यसअघि चौधरीलाई रिहाइ गर्ने शर्तसहित सरकारमा सहभागी हुने अभिव्यक्ति दिंदै आएकी थिइन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि श्रेष्ठलाई चौधरीको रिहाइको आश्वासन दिएको स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077