काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्री बन्ने १३ जनाको सूची राष्ट्रपति कार्यालय पठाएका छन् ।
स्रोतका अनुसार प्रचण्डले पहिलो चरणमा मन्त्रिपरिषद विस्तारका लागि गठबन्धनका दलहरुबाट प्राप्त १३ जनाको नाम नियुक्त गर्न सिफारिस गर्दै राष्ट्रपतिलाई पठाएका हुन् ।
उनीहरुको शपथ आज दिउँसो ३ बजे गराउने तयारी छ ।
उनीहरुले पाउने मन्त्रालय पनि तय भइसकेको छ। बिहीबारसम्म दलहरुले तोकेका मन्त्रालय पनि शुक्रबारसम्म हेरफेर गरेर मन्त्रीहरुको टुंगो गरिएको हो।
Leave a Reply