Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुरु भयो एसईई, फोटो खिच्न नपाइने

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजे परीक्षाा सुरु भएको हो ।

आज पहिलो दिन परीक्षार्थी अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा, साहित्य र अनिवार्य अंग्रेजीको परीक्षा दिँदै छन् ।

एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन् । एसइई परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार देशभर गरी २ हजार ३६ परीक्षा केन्द्र र जापानमा १ गरी परीक्षा केन्द्र छ।

रोजगारीका सिलसिलामा जापान पुगेका नेपालीका १४ जना सन्तानले जापानबाटै परीक्षा दिन लागेका हुन्।

परीक्षा हलभित्र कुनै पनि तस्बिर लिन नपाइने भएको छ। यसपटक सञ्चारकर्मीलाई पनि परीक्षा केन्द्रका बाहिरको गतिविधिहरुको तस्बिर लिन पाइने तर परीक्षा सुरु भएपछि परीक्षा हलभित्र गएर तस्बिर लिन नपाइने व्यवस्था गरिएको छ ।

एसईईमा ७८ हजार जनशक्ति परिचालन हुँदैछन् । परीक्षा चैत २९ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077