Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

    यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ]

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 792
    SHARES

    काठमाडौं । गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ । बिहीबार सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनि गरेको हो ।

    दुई भागमा प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राखेर तयार गरिएको छ ।



    १० पेज लामो न्यूनतम साझा कार्यक्रममा संविधानको रक्षा, आवश्यकता अनुसार परिमार्जन/विकास, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण र संघीयता कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।



    यस्तै गुणस्तरीय सेवा प्रवाह, सुशासन र सदाचारको प्रत्याभूति हुने गरी शासकीय सुधार गर्ने, भ्रष्टाचारको छानबिन र कारबाहीका लागि अग्रसरता लिने, विस्तृत शान्ति सम्झौताका बाँकी कार्यभार तथा विभिन्न पक्षसँग भएका सहमतिहरु कार्यान्वयन गर्ने, उत्पादनमुखी अर्थतन्त्र, आपूर्ति व्यवस्थामा सुधार तथा समन्यायिक वितरणको व्यवस्था गर्ने विषय पनि संयुक्त सरकारका प्राथमिकता र साझा कार्यक्रममा समेटिएका छन् ।

    यो ड्राफ्टमात्र भएको र भोलि यसमा संशोधन भएर प्राथमिकता र साझा न्यूनतम कार्यक्रमको अन्तिम स्वरुप सार्वजनिक गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार