Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीको सिमावर्ती क्षेत्र धनकौल पुर्वारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने हरिपुर्वा नगरपालिका–३ धनकौल पुर्वारीस्थित भित्री सडकमा बिहीबार ना३४प ८२८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा त्यसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ज्यान जानेमा लालबन्दी नगरपालिका वडा नम्बर १७ का ३४ वर्षीय प्रमेश्वर महतो र ४० वर्षीय चरित्र काफ्ले रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

मृतकको शव परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवा लगिएको छ । तीव्रगतिमा हुँइकिँदै गरेको मोटरसाइकल मोडमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077