Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

जसपामा मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष यादवलाई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा मन्त्री छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ ।

आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अध्यक्ष यादवलाई नै सरकारमा सहभागी हुने मन्त्रीको नाम छनोट गर्ने जिम्मेवारी दिएको हो।

मन्त्रिपरिषद्‌मा जसपाको भागमा शिक्षा र कृषि मन्त्रालय परेका छन्।

दुवै मन्त्रालयका लागि बेलुकासम्म अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष नाम पठाउने छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077