Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपनिर्वाचन हुने तीन क्षेत्रका लागि मुख्य निर्वाचन अधिकृत नियुक्त

काठमाडौं । आगामी वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार मुख्य निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ ।

आयोगले न्यायपरिषद्को परामर्शमा चितवन क्षेत्र नम्बर-२ का लागि जिल्ला न्यायाधीश बासुदेव न्यौपाने, बारा क्षेत्र नम्बर २ का लागि मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर-१ का लागि कमलप्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077