Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको प्रश्न -अर्ग्यानिक उत्पादनको अस्तित्व किन जोगाउन सकेनौं ?

    प्रधानमन्त्री प्रचण्डको प्रश्न -अर्ग्यानिक उत्पादनको अस्तित्व किन जोगाउन सकेनौं ?

    अनलाइन नेपाल
  • बिहिबार, १६ चैत्र २०७९
  • 600
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी पुगेको भन्दै प्रश्न गरेका छन् ।

    चितवनको कृषि तथा वन विश्वविद्यालय तेस्रो दीक्षान्त समारोह कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कुनै समय विदेशमा खाद्यान्न निर्यात गर्ने मुलुक अर्बौको आयात गर्नु दुखद भएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले हामी हजारौँ हजार स्नातक र स्नातकोत्तर भएर पनि हामी अर्बौको खाद्यान्न आयात गर्ने अवस्थामा कसरी गयौं । कहाँ छ त्रुटि ? आफ्नो अर्ग्यानिक उत्पादनको एतिहासिक विरासत र अस्तित्व किन जोगाउन सकेनौं ? यसमा कृषि वन अध्ययन पढेका विद्यार्थीको विशेष ध्यान जान जरुरी छ ।’

    प्रधानमन्त्री प्रचण्डले देशको उत्पादन समस्याहरु पहिल्याएर सामाजिक र आर्थिक क्षेत्रमा योगदान गर्न दीक्षित विद्यार्थीहरूलाई आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार