काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माणको शिलान्यास गरेका छन्।
बिहीबार सत्ता गठबन्धनको बैठकबीच चितवन पुगेका प्रचण्डले उक्त भवनको शिलान्यास गरेका हुन्।
चैत ६ गते निर्माण सम्झौता भएको उक्त भवन भ्याटबाहेक १ अर्ब २७ करोड, ९० लाख ९८ हजार ९७७ रुपैयाँमा निर्माण पूरा हुनेछ।
सम्झौतामा भवनको निर्माण ३६ महिनाभित्र सम्पन्न गरिसक्ने भनिएको छ।
Leave a Reply