काठमाडौं । न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु भएको छ।
देशभरका स्थानीय तहका उपमेयर, उपाध्यक्षहरुको उपस्थितिमा न्यायिक समितिको राष्ट्रिय सम्मेलन प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिनसम्म चल्नेछ।
राष्ट्रिय सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डिजटल एपको उद्घाटन गरेका छन्। डिजिटल एपमार्फत न्याय सेवा, अनलाइनमार्फत सेवा दिने उद्देश्यले एप ल्याएको जनाइएको छ।
सम्मेलनको देशभरका न्यायिक समितिले गरिरहेको काम कर्तव्य क्षेत्राधिकार अस्पष्ट भएर अलमलमा परिरहेको तथा सफलता, भोगेका समस्या र चुनौतीसम्बन्धी अनुभव आदानप्रदान गर्ने मुख्य उद्देश्य छ।
सम्मेलनमा न्यायिक समितिको अवधारणा, विभिन्न कानुनमा भएका न्यायिक समितिसम्बन्धी व्यवस्था, न्याय सम्पादनमा न्यायिक समितिको क्षेत्राधिकार र प्रचलन विषयमा कार्यपत्र प्रस्तुत हुनेछ।
Leave a Reply