Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बिहीबारसम्म एक चरणमा मन्त्रिपरिषद् विस्तार हुन्छ : रमेश लेखक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले मन्त्रालय भागबण्डाबारे छलफल जारी रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकपछि बोल्दै कांग्रेस नेता लेखकले यस्तो बताएका हुन् ।

नेता लेखकले बिहीबार एक चरणको मन्त्रिपरिषद् विस्तार हुने बताए ।

लेखकले मन्त्रालयको भागबण्डाबारे छलफल जारी रहेको र बिहीबारसम्ममा एक चरणमा मन्त्रिपरिषद् विस्तार भइसक्ने बताए । मन्त्रिपरिषद् दुई चरणमा पुनर्गठन हुनेगरी छलफल भएको उनको भनाइ छ ।

नेता लेखकले आज बिहान बसेको बैठकमा १० दलमा गम्भीर छलफल भएको र पुनः दिउँसो ३ बजे बस्ने बैठकमा सहमति जुटाएर अघि बढिने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077