Online Nepal
  • शुक्रबार, २ कार्तिक २०८१
  • २३४ किलो गाँजासहित ५ जना पक्राउ

    २३४ किलो गाँजासहित ५ जना पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 528
    SHARES

    मोरङ । प्रहरीले रंगेली नगरपालिकाबाट २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ ।

    भारतको ठिङ्गापुर पञ्चायतका दीपक झा र सिन्टुक कुमार सिँहले ल्याउँदै गरेको १५० किलो गाँजा इलाका प्रहरी कार्यालय रंगेली र प्रहरी चौकी अमाहिवरियातीबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।



    थप गाँजा रंगेली नगरपालिका वडा नम्बर ३ स्थित वीर बहादुर कार्कीको घरमा लुकाउने गरेको खुल्नेपछि उनीसहित प्रवीण पासवान र विष्णु कान्त मिश्रलाई समेत पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।



    सो घरबाट थप ८४ किलो गाँजा भेटिएको प्रहरीले जनाएको छ । उनीहरूलाई मोरङ जिल्ला अदालतबाट लागू औषध कसुरमा दिन ७ म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार