Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मिटरव्याजलाई अपराध घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले मिटरव्याजमा रकम असुली गर्नुलाई अपराध घोषणा गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

कानुन संशोधनको प्रक्रिया पूरा गर्न मन्त्रिपरिषदको विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकले मिटर ब्याज लगाउनेहरूलाई कारबाही गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि काठमाडौंमै आएर आन्दोलन गरिरहेका मिटरब्याज पीडितहरूका समस्या बुझ्न उनीहरूसँग वार्ता गर्न सरकारले समिति पनि गठन गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077