Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ललितपुरमा मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको मृत्यु

काठमाडौं । ललितपुरको महांकालमा मोटरसाइकल दुर्घटना हुँदा श्रीमान-श्रीमतीको मृत्यु भएको छ।

मंगलबार बिहान ११ बजे महांकाल गाउँपालिका वडा नम्बर १ बुखेल रातोपहिरोस्थित भित्री सडकमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।

बुखेलबाट गोटीखेल जाँदै गरेको बा ३९ प ४८९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ४ सय मिटर तल खसेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मोटरसाइकल चालक ललितपुरकै ललितपुर महांकाल गाउँपालिका १ बुखेल बस्ने ३५ वर्षीय विष्णु प्रसाद फुयाल र पछाडि सवार उनका श्रीमती ३४ वर्षीय सृजना फुयालको मृत्यु भएको हो।

गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार उनीहरूकी ५ वर्षीया छोरी सृजला फुँयालको भने पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077