Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

खुलामञ्च छिर्न खोजेका मिटरब्याजीलाई रोक्न खोज्दा गेटमा प्रहरी र पीडितबीच तनाब

काठमाडौं । गत चैत २ गते महोत्तरीबाट पैदल हिँडेर आईतबार काठमाडौं आइपुगेका मिटरब्याजी पीडितहरु र काठमाडौं महानगरपालिका नगरप्रहरीबीच तनाव भएको छ ।

मिटरव्याजी पीडितहरु खुलामञ्च प्रवेश गर्न खोज्दा महानगरले अवरोध गरेपछि दुईपक्षबीच तनाव भएको हो ।

उनीहरू खुलामञ्चमा आउने तयारी गरेको थाहा पाएपछि नगर प्रहरीसहितको महानगरको टोलीले यसअघि नै खुलामञ्चको गेटमा ताला लगाएको थियो ।

जबरजस्ती खुलामञ्च र्छिन खोजेपछि महानगरका नगरप्रहरीले रोक्न खोजेको थियो । तर ठूलो संख्यामा आएको मिटरव्याजी पीडितहरुले महानगरविरुद्ध नाराबाजी गरेका छन् ।

उनीहरुले खुलामञ्चको ताला खोलिदिन र भित्र पस्न दिन नगरपालिकासँग माग गरिरहेका छन भने गेटमा ठूलो मात्रामा नगरप्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077