काठमाडौं । सडक सुधार तथा विकास परियोजना निर्देशनालयले कमलविनायक-नगरकोट सडक निर्माणको ठेक्का रद्द गर्न सार्वजिनक सूचना जारी गरेको छ ।
आयोजना कार्यालयले पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनसंगको ठेक्का तोड्न सूचना जारी गरेको हो ।
भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार आयोजनाले सोमबार १४ दिने सूचना निकाल्दै यो अवधिमा प्रगति नभए ठेक्का तोडिने उल्लेख गरेको छ ।
आयोजनाले ठेक्का पाएको शैलुङ कन्स्ट्रक्सनलाई ठेक्का नतोड्नुपर्ने कुनै कारण भए १४ दिनभित्र कार्यालयमै उपस्थित भएर जानकारी गराउन भनेको छ ।
यसको ठेक्का प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटीका रुपमा चिनिएका शारदा प्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनी आरामाली इन्फ्रा पावर (एआईपीएल)सँग संयूक्त रुपमा लिएको हो ।
१५.६६ किलोमिटर लामो कमलविनायक–नगरकोट सडकखण्ड मध्ये करिब १ किलोमिटर कालोपत्र गर्न बाँकी छ । सडक स्तरोन्नति सुरु भएको आठ वर्ष भइसकेको छ ।
Leave a Reply