Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मुलुकको अर्थतन्त्र बिरामी अवस्थामा छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले मुलुकको अर्थतन्त्र बिरामी अवस्थामा रहेको बताएका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद कोइरालाले देशमा अर्थतन्त्रमाथि संकट देखिएको बताएका हुन् ।

सांसद कोइरालाले देशमा देखिएको अर्थतन्त्रको संकट समाधानमा प्रधानमन्त्रीले देखाएको इच्छा शक्तिले मात्रै केही नहुने बताए।

उनले भने,'अर्थतन्त्रको संकट समाधानमा प्रधानमन्त्रीले इच्छा शक्तिको मात्र प्रदरश्न गरेर पुग्दै। त्यसका लागि सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ।'

समाजवाद भ्रष्टाचारको जगबाट नआउने बताउँदै उनले समसामयिक न्यायिक समाज बनाउन सम्यक विचार,व्यवहार र दृष्टिकोण चाहिने बताए।

नेता कोइरालाले उद्यम गर्नेहरु हतास मनस्थितिमा देखिएको, कर तिर्नेहरु निराश रहेको, व्यापारिक शहरहरु उजाड देखिएको भन्दै मुलुक गम्भीर बिरामी भएको बताए।

संघीयताप्रति वितृष्णा चुलिँदो रहेको भन्दै नेता कोइरालाले यो राजनीतिक असफलताको पहिलो खुट्किलो भएको बताए । उनले अब ढिलो नगरी नागरिकको चाहना अनुसार संसद, सरकार र प्रतिपक्षी दलहरु एक ठाउँमा उभिनुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077