Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लुम्बिनीमा ६ दलका २५ सांसदद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रसहित ६ दलका २५ सांसदले मुख्यमन्त्री लिला गिरीलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

आइतबार प्रदेश प्रमुख अमिक शेरचनलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएका हुन् ।

सरकारलाई दिएको समर्थन फिर्ता लिनेमा नेकपा नेकपा माओवादी केन्द्रका (सभामुख बाहेक) १०, जनमत पार्टीका चार, जसपा, लोसपा, नागरिक उन्मुक्तिका तीन-तीन, नेकपा एकीकृत समाजवादीका एक रहेका छन् ।

त्यस्तै,  एक स्वतन्त्र सांसदले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएका छन् ।

माघ ५ गते विश्वासको मत लिएका मुख्यमन्त्री गिरीले सांसदहरूले समर्थन फिर्ता लिएपछि प्रदेशसभाबाट एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077