Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कैलाली ट्राफिकको सक्रियता : घट्यो सवारी दुर्घटना, राजश्व संकलनमा पनि कमी

    कैलाली ट्राफिकको सक्रियता : घट्यो सवारी दुर्घटना, राजश्व संकलनमा पनि कमी

    इन्स्पेक्टर जोहारी भन्छन् - ट्राफिक नियमको पालना गर्नुस्

    अनलाइन नेपाल
  • आइतबार, १२ चैत्र २०७९
  • 576
    SHARES

    कैलाली । कैलालीमा केही वर्षयता सवारी दुर्घटनामा कमी आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्याङ्कले देखाएको छ ।

    पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा पछिल्लो समय यहाँ दुर्घटनामा कमी आइरहेको तथ्याङ्कले देखाएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले गत तीन वर्षको तथ्याङ्क हेर्दा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा कमी आएको बताए ।



    उनका अनुसार जिल्लामा २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा परेकोमा २०७८/७९ मा २६६ र चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटनामा परेको जानकारी दिए ।



    २०७७/७८ मा ३२७ सवारी दुर्घटनामा ६९ जनाको ज्यान जाँदा २०७८/७९ मा २६६ सवारी दुर्घटना हुँदा ७६ जनाको ज्यान गएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९/८० को अहिलेसम्म ९५ सवारी दुर्घटना हुँदा ४३ जनाको ज्यान गएको छ । यस्तै पछिल्लो तीन वर्ष यता राजश्वमा समेत कमी आएको छ ।

    २०७७÷७८ मा ७९ हजार ८९ सवारी कारबाहीमा पर्दा ४ करोड ५७ लाख ६७ हजार राजश्व सङ्कलन भएकोमा २०७८÷७९ मा ४२ हजार सवारी कारबाहीमा २ करोड ३३ लाख ७८ हजार पाँच सय र चालु आर्थिक वर्ष २०७९/८० को हालसम्म २८ हजार ४ सय ७७ सवारी कारबाहीमा परेकोमा १ करोड ६१ लाख २६ हजार राजश्व सङ्कलन भएको तथ्याङ्कमा उल्लेख छ ।

    साथै अहिले धनगढी अत्तरिया ६ लेन सडकमा बत्ती जडान भएपछि दुई महिना यता कुनै पनि सवारी दुर्घटनामा नपरेको प्रहरी निरीक्षक जोहारीले बताए । यसैगरी उनले आफूले कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेदेखि अहिलेसम्म तीन सय भन्दाबढीलाई ट्राफिक नियम उल्लघंन गरेका कारण नियम पालनाबारे क्लास दिएको जानकारी दिए ।

    उनले भने, ‘जहाँ पायो त्यतै बाट बाटो काट्ने, आफ्नो लेन प्रयोग नगर्ने, मापसे सेवन गरी सवारी चलाउने, बिना लाइसेन्स ब्लुबुक सवारी चलाउने लगायतका ब्यक्तीहरुलाई मैले क्लास दिएको छु, क्लास दिएकाहरुमध्ये अधिकाशंलाई ट्राफिक नियमबारे थाहाँनै नभएको भेटियो ।’ उनले ट्राफिक नियमको पालना गर्न सबैलाई आग्रह गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार