Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नदी किनारमा बनेका अनधिकृत संरचना हटाउन महानगरको सात दिने 'अल्टिमेटम'

काठमाडौं । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना एक साताभित्र हटाउन निर्देशन दिएको छ ।

शनिबार सूचना प्रकाशित गर्दै महानगरले नदी कोरिडोरको सार्वजनिक क्षेत्रमा संरचना निर्माण गरी भोगचलन गरेकालाई तत्काल संरचना अन्यत्र सार्न सूचित गरेको हो ।

एक साताभित्र अनधिकृत संरचना नहटाएमा प्रचलित कानुन बमोजिम संरचना हटाइने र सो को खर्च सम्बन्धित पक्षसँगै असुल उपर गरिने महानगरद्वारा जारी सूचनामा उल्लेख छ । अतः यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र त्यस्तो नदी बहाव, नदी किनार, नदी उकास तथा नदी कोरिडोरमा बनेका संरचनाहरू हटाई अन्यत्र लैजान सूचित गरिन्छ ।

'महानगरपालिकाबाट पटक पटक अवगत गराइएको व्यहोरा सम्बद्ध पक्षलाई जानकारी नै छ । यो सूचनाको परिपालना नगरी अनधिकृत संरचना नहटाएमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विषय सम्बद्ध अन्य प्रचलित कानुन बमोजिम हटाइने र हटाउँदा लाग्ने खर्च समेत पुनः सम्बन्धित पक्षबाटै असुल उपर गरिने व्यहोरा समेत यसै सूचना मार्फत सूचित गरिन्छ,' जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077