काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनियुक्त आईजीपी बसन्त कुँवरलाई बधाई दिएका छन् ।
प्रधानमन्त्री दाहालले कुँवरलाई आइजीपीमा नियुक्त भएलगत्तै प्रधानमन्त्री कार्यालयमा बधाई दिएका हुन् ।
त्यसक्रममा आजैबाट अवकाश हुन लागेका आइजीपी धिरजप्रताप सिंहलाई धन्यवाद व्यक्त गरेका छन् ।
तीन दिनअघि मात्रै एआईजीपमा बढुवा भएका कुँवरलाई आज सरकारले नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेको छ ।
वर्तमान आईजीपी सिंहले ३० वर्षे सेवा अवधिका कारण शुक्रबार राती १२ बजेदेखि अनिवार्य अवकाश पाउँदैछन्
Leave a Reply