Online Nepal
  • बुधबार, १० पुष २०८१
  • नवनियुक्त आईजीपी कुँवरले भने – पहिलो प्राथमिकतामा प्रहरीको आन्तरिक शुद्धीकरणलाई राख्नेछु

    नवनियुक्त आईजीपी कुँवरले भने – पहिलो प्राथमिकतामा प्रहरीको आन्तरिक शुद्धीकरणलाई राख्नेछु

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 726
    SHARES

    काठमाडौं । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरणलाई आफूले पहिलो प्राथमिकतामा राख्ने बताएका छन् ।

    प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताउँदै उनलले विगतदेखि संगठन प्रमुखले लिएका प्राथमिकतालाई नै आफूले निरन्तरता दिने पनि बताए ।



    उनले भने–‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धीकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ । प्रणालीगत थिति बसाउने र प्रोएक्टिभ पुलिसिङ गर्ने काम मेरो कार्यकालमा हुनेछ ।’



    तीन दिनअघि मात्रै एआईजीपमा बढुवा भएका उनलाई आज सरकारले नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेको हो । उनीसँगै टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका लागि प्रतिस्पर्धी थिए । तर, सरकारले एआईजी बढुवामा १ नम्बर वरियतामा रहेका कुँवरलाई आईजीपी बनाउने निर्णय गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार