Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • हेटौँडा सिमेन्टको उत्पादन शुक्रबारदेखि पुन: बन्द

    हेटौँडा सिमेन्टको उत्पादन शुक्रबारदेखि पुन: बन्द

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 594
    SHARES

    हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगबाट सिमेन्ट उत्पादन बन्द भएको छ ।

    सिमेन्ट उत्पादनका लागि आगो बाल्ने मेसिन (भट्टी) मा प्राविधिक समस्या आएपछि शुक्रबारदेखि उद्योगको उत्पादन बन्द भएको भनाइ छ ।



    सो मेसिनको मर्मत भईरहेकाले आगामी एक हप्तापछि पुनःसञ्चालनमा आउने उद्योग उद्योग व्यवस्थापनले जनाएको छ ।



    अहिले उद्योगबाट दैनिक करिब १४ हजार बोरा सिमेन्ट उत्पादन भइरहेको छ । उद्योगका लागि पर्याप्त मात्रामा चुनढुङ्गाको मौज्दात रहेको बताइएको छ ।

    नेपाल सरकारद्वारा २०३२ सालमा स्थापना भएको सो उद्योगले २०४३ सालदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन सुरु गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार