Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालको साक्षरता दर ७६ प्रतिशत पुग्यो

    नेपालको साक्षरता दर ७६ प्रतिशत पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार नेपालका ७६.२ जनसंख्या साक्षर बनेका छन् ।

    पाँच वर्षभन्दा माथिको उमेरका साक्षर नेपालीको जनसंख्या ७६ दशमलव २ प्रतिशत पुगेको हो । यो २०६८ सालको भन्दा १०.८ प्रतिशतले बढी हो ।



    दशकअघिको जनगणना २०६८ मा साक्षर संख्या ६५ दशमलव ९ प्रतिशत थियो ।



    राष्ट्रिय जनगणना २०७८ अनुसार, पुरुष साक्षरता ८३ दशमलव ६ प्रतिशत र महिलाको साक्षरता दर ६९ दशमलव ४ प्रतिशत छ ।

    जनगणनाअनुसार शहरी क्षेत्रको ७८.५ प्रतिशत जनसंख्या साक्षर छ भने गाउँपालिका क्षेत्रका ७१.९ प्रतिशत जनसंख्या साक्षर छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार