Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

    नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८

    अनलाइन नेपाल
  • शुक्रबार, १० चैत्र २०७९
  • 684
    SHARES

    काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक कार्यक्रमकाबीच २०७८ को जनगणनाको पूर्ण विवरण सार्वजनिक गरेका हुन् ।



    जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ ।



    यसअघि २०७८ माघ १२ गते सार्वजनिक गरिएको प्रारम्भिक नतिजामा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको थियो ।

    पूर्ण विवरण सार्वजनिक हुँदा प्रारम्भिक विवरणको जनसङ्ख्याभन्दा करिब २७ हजारले जनसंख्या घटेको राष्ट्रिय तथ्यांक कार्यलयले जनाएको छ ।

    २०७८ साल कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म राष्ट्रिय जनगणना सञ्चालन गरिएको थियो ।

    राष्ट्रिय जनगणना २०७८ को नतिजा मोबाइल एपबाट पनि हेर्न सकिने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार